काठमाडौं- एसिया कपमा शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ। श्रीलंकाको क्यान्डीमा हुने खेलमा दुवै टिमका खेलाडीले चार रेकर्ड आफ्नो नाममा राख्न सक्छन्। भारतीय स्टार विराट कोहलीले वनडे क्रिकेटमा १३ हजार रन पूरा गर्न सक्छन्। पाकिस्तान कप्तानी बाबर आजमले एकदिवसीय क्रिकेटमा सवैभन्दा धेरै शतक लगाउने खेलाडी सइ अनबरसँग बराबरी गर्न सक्छन्।
विराटको रेकर्ड
भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १३ हजार रन पुर्याउने पाँचौँ खेलाडी बन्ने सम्भावना छ। उनी जम्मा १०२ रनले पछाडि छन्। आफ्नो २६६ औँ खेलमा उनले १३ हजार रन पूरा गर्न सक्छन्। कोहली सबैभन्दा कम खेलमा १३ हजार रन बनाउने पहिलो खेलाडी बनाउने सम्भावना छ। अहिलेसम्म यो रेकर्ड भारतीय क्रिकेट स्टार सचिन तेन्दुलरका नाममा छ। उनले ३२१ खेलमा १३ हजार रन पूरा गरेका छन्।
बाबरलाई सइद अनबरसँग बराबरीको मौका
पाकिस्तानका कप्तानसमेत रहेका बाबर आजमको नाममा १९ एकदिवसीय शतक छन्। यही एसिया कपमा नेपालसँग खेल्दै उनले १९ औं शतक बनाएका हुन्। यदि शनिबार भारतसँगको खेलमा पनि उनले शतक बनाए भने उनी सवैभन्दा धेरै शतक बनाउने खेलाडीका रुपमा सइद अनबरसँग बराबरी गर्नेछन्। २० एकदिवसीय शतक लगाउने अनबर पनि पाकिस्तानकै खेलाडी हुन्। उनले पाकिस्तानका लागि १९८९ देखि २००३ सम्म खेलेका थिए। उनले २४३ खेलमा २० शतक र ४३ अर्धशतक लगाएका थिए।
इमाम चाँडो ३ हजार रन बनाउने पाकिस्तानी खेलाडी
पाकिस्तानी ब्याटर इमाम-उल-हकसँग एकदिवसीय खेलमा तीन हजार रन पूरा गर्ने मौका छ। यही खेलमा उनले तीन हजार पुर्याएमा सबैभन्दा चाँडो उक्त आंकडा बनाउने पाकिस्तानी खेलाडी बन्नेछन्। उनले ६३ एकदिवसीय खेल खेल्दै २ हजार ८८९ रन बनाएका छन्। अब उनलाई १११ रन चाहिएको छ। सवैभन्दा कम खेलमा तीन हजार रन बनाउने रेकर्ड साउन अफ्रिकी खेलाडी हासिम आमलासँग छ। उनले ५७ खेलमै तीन हजार रन बनाएका छन्। पाकिस्तानकै फखर जमामले ६७ खेलमा तीन हजार पुर्याएका छन्।
जडेजाले बनाउन सक्छन् दुई रेकर्ड
रवीन्द्र जडेजासऊ एकदिवसीय खेलमा दोहोरो सेन्चुरी विकेट लिने मौका छ। तर, उनले शनिबारकै खेलमा ६ विकेट लिनुपर्छ। अहिलेसम्म उनीसँग १९४ विकेट छन्। उनीभन्दा पहिले ६ भारतीय खेलाडीले एकदिवसीय खेलमा २०० विकेट लिने मौका पाएका छन्।
जडेजा दुई हजार भन्दा बढी रन बनाएर २०० विकेट लिने अर्थात् 'डबल' बन्न सक्छन्। उनले यदि ६ विकेट लिए भने दोस्रो त्यस्तो अलराउन्डर बन्नेछन्। भारतीय खेलाडी कपिल देवले २२५ खेलमा ३ हजार ७८३ रन र २५२ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।