काठमाडौं- प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैमाथि आउने बताएका छन्।
ललितपुरस्थित धोबीघाटमा शुक्रबार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले सो प्रतिक्रिया दिएका हुन्। उनी निकटतम् प्रतिष्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरी विजयी भएका हुन्। अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३/५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए।
साथै पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभूति भएको धारणा राखे। क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।