काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्।
शुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा पारसले २३ मत ल्याउँदै जित हात पारेका हुन्। उनीसँग चितवन जिल्ला क्रिकेट संघका उमेश पियाले प्रतिस्पर्धा गरेका थिए।
बागमती प्रदेशमा कुल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गरेका हुन्। क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिवमा पनि लड्ने रणनीतिनमा छन्।
उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए। प्रदेशमा पनि जितेपछि उनलाई क्यानकै नेतृत्वमा दावी गर्ने बाटो खुलेको छ। उनलाई बागमती प्रदेशका अधिकांश जिल्लाले सर्मथन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।