काठमाडौं- राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्वकप्तान नीरा राजोपाध्याय बागमती प्रदेश क्रिकेट संघको महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन्।
पूर्वकप्तान पारस खड्काको प्यानलबाट चुनावमा प्रतिस्पर्धा गरेकी उनीसँग प्रतिस्पर्धा गर्ने उम्मेदवार नभएपछि निर्विरोध निर्वाचित भएकी हुन्। उनले सन् २०१० मा चीनको गोन्जाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन् ।
सन् २०१२ मा लेभल २ कोचिङ कोर्स सकेकी नीराले त्यसपछि यू–१९ प्रशिक्षकको रुपमा काम गरेकी थिइन्। नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेश महिला क्रिकेट टिममा उनले प्रशिक्षण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।