काठमाडौं– एसिया कप क्रिकेटअन्तर्गत दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका पुगेको छ। बुधबारदेखि सुरु भएको एसिया कपमा नेपालले दोस्रो खेल भारतसँग खेल्दैछ।
बुधबार पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले दोस्रो खेल भदौ १८ गते भारतसँग खेल्दैछ।
नेपाल र भारतबीचको खेल श्रीलंकामा हुनेछ। नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।