काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली क्रिकेट टिमलाई तीनवटा सुझाव दिएका छन्। बुधबारदेखि सुरु भएको एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
बिहीबार सामाजिक सञ्जालमा डा भट्टराईले पाकिस्तानलाई साँढे र नेपाललाई बाच्छाका रुपमा लिँदै जुध्नु नै ठूलो कुरा भएको बताएका छन्। एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयताको अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यंकन गर्नु उपयुक्त हुने उनको भनाइ छ।
यद्यपि, अझै अर्को साँढे भारतसँग जुध्न र सिक्न बाँकी रहेको टिप्पणी गर्दै उनले अबका खेलमा तीनवटा सुधार गर्नुपर्ने सुझाव दिएका छन्।
यस्ता छन् उनका सुझाव
१ कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने। अझै बढी सिक्न पाइन्छ। आत्मविश्वास बढ्छ।
२ फिल्डिङमा अझै चुस्तता बढाउने। बलिङ ठीकै छ।
३ बाच्छो हुर्केर साँढे बन्छ, साँढे बूढो हुँदै जान्छ भन्ने बुझेर धैर्य गर्ने। चिनिया नेता देंग (देंग शियाओ पिङ)को यो उक्ति आत्मसात गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।