काठमाडौं– एसिया कप अन्तर्गत पाकिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको नेपालका ब्याटर पाकिस्तानी बलरसामू निरिह देखिएका छन्।
पाकिस्तानी बलरका अगाडि नेपाली ब्याटरलाई क्रिजमा टिक्नै गाह्रो देखिएको छ। २१ ओभर चलिरहँदा नेपालले सात विकेट विकेट गुमाएको छ। आरिफ शेख र सोमपाल कामीबाहेक अन्य कुनै पनि नेपाली ब्याटरले दोहोरो अंक जोड्न सकिरहेका छैनन्।
२०औं ओभरमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको नेपालले २१औं ओभरको सुरुवातीमै गुलशन झालाई गुमाएको छ।
दोस्रो ओभरसम्म पुग्दा नै तीन विकेट गुमाएको नेपालले १७औं ओभरमा सोमपाल कामीलाई पनि गुमाएको थियो। १४ औं ओभरमा भने आरिफ शेखलाई गुमाएको थियो।
२१ ओभरमा नेपालले सात विकेट गुमाउँदै ९१ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।