काठमाडौं– पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भइरहेको एसिया कपमा नेपालले दोस्रो ओभरमै तीन विकेट गुमाएको छ।
पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछाउँदै ब्याटिङमा उत्रिएको नेपालले एकपछि अर्को लगातार विकेट गुमाइरहेको छ।
पहिलो ओभरमा कुशल भुर्तेल र रोहित पौडेललाई गुमाएको नेपालले दोस्रो ओभरको चौथो बलमा आसिफ शेखलाई गुमाएको हो। आसिफ पाँच रन बनाउँदै आउट भएका हुन्। उनको विकेट नसिम साहले लिएका हुन्।
पहिलो ओभरको पाँचौं बलमा नेपालका ओभनर कुशल भुर्तेल आउट भएका थिए। भुर्तेल ८ रन बनाएर आउट भएका हुन्।
यस्तै छैठौं बलमा कप्तान रोहित पौडेल आउट भएका थिए। उनी शून्य बलमा आउट भएका हुन्। पाकिस्तानका बलर साहिन अफ्रिदीले दुवैको विकेट लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।