काठमाडौं– पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भइरहेको एसिया कपमा नेपाललाई पहिलो ओभरमै झड्का लागेको छ।
३४३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको छ।
पहिलो ओभरको पाँचौं बलमा नेपालका ओभनर कुशल भुर्तेल आउट भएका हुन्। भुर्तेल ८ रन बनाएर आउट भएका हुन्।
यस्तै छैठौं बलमा कप्तान रोहित पौडेल आउट भएका छन्। उनी शून्य बलमा आउट भएका हुन्। पाकिस्तानका बलर साहिन साह अफ्रिदीले दुवैको विकेट लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।