काठमाडौं– एसिया कपमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले पाकिस्तानको चौथो विकेट लिएका हुन्।
लामिछानेले पाकिस्तानका ब्याटर आगा सलमानको विकेट लिएका हुन्। सलमानलाई पाँच रनमा कुशल भुर्तेलले मिड एरियामा क्याच आउट गरेका हुन्।
त्यसअघि मोहम्मद रिजवान रन आउट भएका थिए। २३.४ ओभरमा सन्दीप लामिछानेको बल मोहम्मद रिजवानले फेस गरेका थिए।
दीपेन्द्र सिंह ऐरीले बल टिपेर नन स्ट्राइकको स्टम्पमा डाइरेक्ट हिट गरेपछि रन आउट भएका थिए।
पाकिस्तान अहिले २९ ओभरमा १३३ रन बनाएर खेलिरहेको छ। पाकिस्तानका लागि कप्तान बारबर अजामले अर्धशतक पूरा गरेका छन्। नेपालका लागि सन्दीप, करणले विकेट लिए भने दुई विकेट रन आउटको रुपमा प्राप्त भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।