काठमाडौं- एशिया कप २०२३ मा पाकिस्तानविरुद्ध नेपालले दुई विकेट लिएको छ। नेपालका करण केसीले पहिलो विकेट लिएका हुन् ।
बलर केसीले फकर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराएका हुन्। उनी २० बलमा १४ रन बनाएर आउट भएका हुन्।
यसैगरी पाकिस्तानका अर्का ओपनर इमाम उल हक रनआउट भए। कप्तान रोहित पौडेलले डाइरेक्ट हिटमा उनलाई पेवेलियन फर्काएका हुन्।
अहिले कप्तान बाब आजम र मोहम्मद रिजवानले ब्याटिङ गरिरहेका छन् ।
पहिलो वरियतामा रहेको पाकिस्तानलाई नेपालले पावर प्लेसम्म दबाबमा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।