काठमाडौं- एसिया कप २०२३ मा पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ।
नेपालले टिममा ललित राजवंशी समेटेर स्पिनरको संख्या बढाएको छ। राजवंशी समेटिदा तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका भीम सार्की बेञ्चमा रहनेछन्। नेपालबाट रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सन्दिप लामिछाने, करण केसी, सोमपाल कामी र ललित राजवंशीले खेल्दैछन्।
पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने निर्णय लिएको छ। पाकिस्तानले प्लेइङ ११ तय गरिसकेको छ।
पाकिस्तानबाट फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ खेल्दैछन् । एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान स्टेडियममा केहीबेरमा खेल सुरु हुँदैछ। नेपाल र पाकिस्तानबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो।
एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५ औँ नम्बरको नेपालले पहिलोपटक खेल्न अवसर पाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।