काठमाडौं- एसिया कप २०२३ मा पाकिस्तानले टस जितेर नेपालबिरुद्ध ब्याटिङ गर्ने भएको छ। एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान स्टेडियममा केहीबेरमा खेल सुरु हुँदैछ।
नेपाल र पाकिस्तानबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो। एकदिवसीय वरीयतामा पहिलो नम्बरमा रहेको पाकिस्तानसँग १५ औँ नम्बरको नेपालले पहिलोपटक खेल्न अवसर पाएको हो।
पाकिस्तानले प्लेइङ ११ तय गरिसकेको छ। पाकिस्तानबाट फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।