काठमाडौं– अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिगबासको ड्राफमा नेपाली पाँच खेलाडी अटाएका छन्। नेपाली क्रिकेट टोलीका मुख्य स्पिनर सन्दीप लामिछाने, युवा ब्याटर देव खनाल, विकेटकिपर अर्जुन साउद, ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेख ड्राफ्टमा परेका हुन्।
बिगबासले पाँच नेपाली खेलाडीलाई २०२३/२४ को लिगका लागि ड्राफ्टमा राखेको हो। अष्ट्रेलियन क्रिकेट बोर्डले आयोजना गर्ने विश्वकै एक उत्कृष्ट लिग हो।
गतवर्ष सन्दीपले होबार्ट हरिकेन्सबाट खेलेका थिए। हरिकेन्सले चाहेमा उनलाई पुन: रिटेन गर्ने छ। अन्य चार खेलाडीलाई भने ड्राफ्टमा खरिद गरिनुपर्ने छ। देव खनाल नेपालका यू–१९ कप्तानसमेत हुन् भने अन्य खेलाडी सिनियर टोलीका हुन्।
अर्जुन साउद विकेटकिपर ब्याटर हुन्। अर्जुन आक्रामक क्रिकेट र उत्कृष्ट किपिङका लागि परिचित छन्। शेख दाजुभाइले नेपालको सुरुवात र मध्यक्रम सम्हाल्दै आएका छन्।
आसिफ शेख विकेटकिपरको साथै ओपनर ब्याटर हुन्। आरिफ शेख भने मध्यक्रमको पुछारमा नेपालको इनिङ सम्हाल्दै आएका छन्। उनी मध्यगतिमा बलिङसमेत गर्दछन्।
१३ औं संस्करणको बिगबासमा २९ देशबाट कूल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन्। बिगबासको ड्राफ्ट आगामी सेप्टेम्बर ३ मा हुनेछ। बिगबास आठ टोली छन्। बिगबास आगामी डिसेम्बर ७ देखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।