काठमाडौं- भारतीय क्रिकेट बोर्ड बीसीसीआईले एसिया कप २०२३ खेल्ने टिम घोषणा गरेको छ। रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरिएको हो।
भारतीय टिममा केयल राहुल र श्रेयस अय्यर फर्किएका छन्। सन्जु स्यामसेन भने टिममा परेनन्। उनी ब्याकअप विकेटकिपरका रुपमा मात्रै समेटिएका छन्। उपकप्तान हार्दिक पान्ड्या यथावत छन्।
भारतले पहिलो खेल सेप्टेम्बर २ मा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल नेपालसँग सेप्टेम्बर २ मा खेल्ने तय छ।
भारतीय टिम: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल, श्रेयस अय्यर, तिलक वर्मा, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी र प्रसिद्ध कृष्णा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।