काठमाडौं– इंग्ल्यान्डका संटार क्रिकेटर बेन स्टोक्सले सन्यास फिर्ता लिएका छन्। आगामी विश्वकपलाई लक्षित गर्दै उनलाई सन्यास फिर्ता लिन लगाइएको हो। बुधबार इंगल्यान्डले १५ सदस्यीय विश्वकप टोली घोषणा गर्दा उनी समेत समेटिएका छन्।
स्टोक्सले एक वर्षअघि सन २०२२ मै एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। १५ सदस्यीय अस्थायी टिममा ह्यारी ब्रुक र जोफ्रा आर्चरजस्ता खेलाडी परेका छन्। आर्चर चोटग्रस्त छन्। उनी निको हुने सम्भावना कम रहेपछि टिम बाहिरै राखिएको हो। छनोटकर्ता ल्युक राइछले रिजर्भ खेलाडीका रुपमा मात्रै आर्चर टिमको हिस्सा रहने बताएका छन्।
उनले स्टोकका बारेमा बताउँदै भने, ‘टिमलाई निकै सन्तुलन बनाउन खोजिएको छ। उनको फिर्तीले टिमको क्षमता अझै बढाउनेछ। उनीभित्र खेल जित्ने क्षमता छ। नेतृत्वमा पनि अगाडि छन्। मलाई लाग्छ उनको फिर्तीको मजा खेलप्रेमीले लिनेछन्।’
विश्वकप २०२३ को पहिलो खेल इंग्ल्यान्ड र न्युजिल्यान्डबीच ५ अक्टुबरमा हुँदैछ। उक्त खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ।
इंग्ल्यान्डको अस्थायी टिम: जोस बटलर (कप्तान), मोइन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, स्याम कुरान, लियाम लिविंगस्टोन, डेविड मलान, आदिल राशिद, जो रूट, जेसन रोय, बेन स्टोक्स, रीस टपले, डेविड विली, मार्क वुड, क्रिस वोक्स।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।