काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन्।
मंगलबार सम्पन्न भएको संघको चौथो वार्षिक साधारण सभामा खड्का सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन्। सभाले जिल्ला अध्यक्षमा दिवाकर घलेलाई निर्वाचित गरेको छ।
यस्तै संघको उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन्।
सदस्यहरुमा पूर्वकप्तान खड्कासँगै पूर्व क्रिकेटर अमृता पौडेल, मनिष कुमार ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।