हेटौँडा- नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि हेटौँडामा दुर्व्यवहार भएको छ।
शनिबार जिल्ला क्रिकेट संघ मकवानपुरको आठौँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको उद्धघाटनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा काठमाडौंबाट गएका पाठकमाथि अपरिचित युवाहरुले दुर्व्यवहार गरेका हुन्।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दका अनुसार होटलमा खाना खाने क्रममा अपरिचित युवाहरुले उनीमाथि मोबिल फाल्ने प्रयास गरेका थिए।
उक्त घटनाप्रति आपत्ति जनाउँदै क्यानले दोषीलाई कानुनी दायरमा ल्याउन माग गरेको छ। अध्यक्ष चन्दले विज्ञप्ति जारी गर्दै दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारवाहीको माग गरेका छन्।
हाल देशैभरि जिल्ला क्रिकेट संघको अधिवेशन चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।