काठमाडौं– यसै महिनाको अन्तिममा मलेसियमा हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ।
मलेसियामा अगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म हुने खेलका लागि नेपालले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ जना खेलाडीको टोली घोषणा गरेको हो। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, कतार र यूएई भिड्दैछन्।
टोलीमा कप्तान क्षेत्रीसहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।