नागढुंगा–नौबिसे सुरुङ डिजाइन काठमाडौं– नागढुङ्गा–नौविसे सुरुङमार्गको रेस्क्यू टनेल (उद्धार सुरुङ) को आज (सोमबार) ‘ब्रेक थ्रू’ हुने भएको छ।
२०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ सोमबार खनिसकिने भएको छ। आइतबार दिउँसोसम्म एक मिटरमात्र खन्न बाँकी रहेको थियो।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए।
साढे २ किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ। २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङ अब ५०६ मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।