फाइल तस्वीर
काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले एक महिने प्रशिक्षणका लागि ६ जना खेलाडीलाई भारतको दिल्ली पठाउने भएको छ।
शनिबार क्यानले कमल ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाउने निर्णय गरेको हो।
यी खेलाडीहरू मुख्य प्रशिक्षक मोन्टी देसाइको निरीक्षणमा प्रदीप साहुको अभिभावकत्वमा टेलर मेड प्रशिक्षण सत्रमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।