काठमाडौं– महिला टी–२० विश्वकप एसिया क्वालिफायरका लागि नेपाली खेलाडीहरुलाई क्याम्पमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले प्रारम्भिक टोली तयार गरी टोलीमा समावेश खेलाडीलाई क्याम्पमा बोलाइएको हो।
क्यानले तयार पारेको ‘क्याम्प लिस्ट’मा हालका कप्तान रुबिना क्षेत्रीसहित २४ जनालाई समेटिएको छ।
क्यानले रुविनासहित सीता राना मगर, इन्दु बर्मा, कबिता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासनी, बिन्दु अग्रवाल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी बिष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुशी डंगोल, पूजा महतो, सबनम राई, रोमा थापा, कञ्चन श्रेष्ठ, श्रृष्टी जैशी र स्नेहा महरालाई ‘क्याम्प लिस्ट’मा समावेश गरेको छ।
सन् २०२३ महिला टी–२० विश्वकप एसिया क्वालिफाइर अगस्ट तथा सेप्टेम्बरमा मलेसियामा सञ्चालन हुने तय भएको छ। जसमा नेपालसहित ११ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।