काठमाडौं– चालु आर्थिक वर्ष २०८०/८०१ को मौद्रिक नीति सार्वजनिक भएपछि गएको आइतबारयता निरन्तर ओरालो लागेको सेयर बजारमा झिनो सुधार देखिएको छ। सोमबार ५.८४ अंकले सेयर बजार बढेको छ।
२१०० अंकबाट सोमबारको कारोबार सुरु भएको सेयर बजार बन्द हुँदा जम्मा नेप्से परिसूचक २१०५.८४ बिन्दुमा पुगेको छ। दिउँसो १ बजेपछि २१२६ बिन्दुमा पुगेको पुँजीबजार त्यसैमा अडिन भने सकेन।
आजको कारोबारमा सबै उपसूहहरूमा सामान्य सुधार देखिकएको छ। जसमा सबैभन्दा धेरै उत्पादन समूह २५ अंकले बढेको छ।
यसैगरी वित्तको २३ र विकास बैंकको सेयर १८ अंकले बढेको छ। सोमबारको कारोबार सकिँदा १११ कम्पनीको मूल्य बढेको छ भने ९९ कम्पनीको मूल्य घटेको छ।
पछिल्ला दिनका तुलनामा कारोबार रकम भने घटेको छ। आज १ अर्ब ८५ करोड माथिको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।