काठमाडौं– चीनको हाङ्झोउमा आगामी अक्टोबर ८ मा सुरु हुने १९औं एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको नाम राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको छ।
टी २० फर्म्याटमा हुने खेलका लागि नेपाली टिम घोषणा गरिएको छ। रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ।
टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जीसी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।
यादव, बोहोरा र भण्डारीले लामो समयपछि नेपाली टिममा कमब्याक गर्दा आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।