काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य बदलाव आएको छ। आज सेयर बजार १.३ अंकले घटेको छ।
नेप्से परिसूचक २१६३ मा कायम भएको छ। पछिल्ला दिनहरु सेयर बजार सकारत्मक मात्र रहेको थियो।
आज ८८ कम्पनीको मूल्य बढ्यो भने १२३ कम्पनीको मूल्य भने घटेको छ। आज ३ अर्ब ५ करोड रुपैयाँ माथिको कारोबार भएको छ।
आज बैंकिङ उपसूह १ अंकले, विकास बैंक ११, जलविद्युत् २२, उत्पादन ८२ र व्यापार १७७ अंकले बढेको छ।
घट्नेमा धेरै निर्जीवन बीमा रहेको छ। जो १३२ अंकले घटेको छ। जीवन बीमा १२२ ले, होटल तथा पर्यटन २१ ले, फाइनान्स १५ अंकले घटेको छ।
आज धेरै कमाउने कम्पनीमा विशाल बजार र लिबर्टी इनर्जी रहेको छ। यिनीहरुको मूल्य १० प्रतिशतले बढेको छ।
अपरहेवाखोला हाइड्रोपावरको ८, बोटलर्स नेपाल ७.८ प्रतिशत मूल्य बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।