काठमाडौं- एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।
यस्तै नेपालले आफ्नै दोस्रो खेल भारतसँग खेल्नेछ। भारतसँगको खेल सेप्टेम्बर ४ मा श्रीलंकामा हुनेछ। यसपालिको एसिया कप क्रिकेट अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको छ।
एसिया कप प्रतियोगितामा एसियाका पाँच टेस्ट राष्ट्र र नेपाल गरी ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। तीमध्ये पाकिस्तानमा ४ र श्रीलंकामा ९ खेल हुनेछ।
प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’ मा रहेको छ। श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।