काठमाडौं- नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा एक सय रन पूरा गरेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १५८ रनको लक्ष्य दिएको थियो। उक्त सामान्य लक्ष्य पछ्याएको नेपालले १४ ओभर खेल्दै ३ विकेट गुमाएको छ।
नेपालका लागि ओपनिङ जोडीमा रुपमा आएका अर्जुन साउद शून्यमै आउट भएपछि कुशल भुर्तेल र देव खनालले सम्हालेका थिए। भुर्तेलले ४२ बलमा ७१ रन बनाउँदै आउट भए। टस जितेर पहिले ब्याटिङ रोजेको यूएई ४४ ओभरमा १५७ रन बनाउँदै अलआउट भएको थियो। यूईलाई सस्तैमा समेट्ने क्रममा भुर्तेलले ६ विकेट लिएका थिए।
यूएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका उनी कुशल भूर्तेलको बलमा सन्दीप जोराबाट क्याचआउट भए। अर्का ओपनर आर्यांश शर्माले १४ रन बनाए। उनलाई कुशल मल्लले पवन सर्राफबाट क्याचआउट गराए।
यस्तै, अंश टण्डनले ३, इथान डिसुजा १८, फहद नवाजले ४, अलि नासीरले १, महोम्मद फराजुद्दिन ४ रन बनाएर आउट भए। निलांश केसवानी ९, जस ग्यानानी १३आउट हुँदा मुहम्मद जवादुल्लाह १ रनमा नटआउट रहे।
कुशलको आक्रामक अर्धशतक
धारिलो बलिङ गरेर यूएईलाई सस्तैमा रोक्न सफल भएका कुशलले ब्याटिङ पनि आक्रामक गरेका छन्। उनले अर्धशतक पूरा गरे। भुर्तेलले ४५ बलमा ७१ रन बनाए। ओपनिङमा आएका उनले १३ ओभरसम्म खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।