काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालविरुद्ध मैदानमा उत्रिएको यूएई ‘ए’ ले दोस्रो विकेट गुमाएको छ।
नेपालका लागि दोस्रो विकेट पवन सर्राफले लिए। शन्स टान्डनलाई सर्राफले एलबीडब्लु आउट गराए। उनी १३ बल खेल्दै ३ रन बनाएर आउट भए।
यसअघि कुशल मल्लले पहिलो विकेट लिएका थिए। उनले आर्यान्स शर्मालाई सर्राफबाटै क्याच आउट गराएका थिए। उनी ३० बलमा १४ रन बनाएर आउट भए।
युएईले १७ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५३ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।