काठमाडौं– श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले बुधबार यूएईको टिम ’ए’ खेल्दैछ।
जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो। यसअघि दुई खेल हारेको नेपाल समूह चरणबाट भने बाहिरिएको छ।
बुधबारको खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा सुरु हुनेछ।
समूह ‘बी’ मा रहेका नेपाल र यूएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् ।
नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो।
यूएई पनि भारत ‘ए’ र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो। आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।