काठमाडौं- आर्थिक वषको पहिलो कारोबार दिन सोमबार करिब ४७ अङ्कले बढेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सेयर बजारमा ९.९१ अङ्कको सुधार रहेको छ। जसले नेप्से परिसूचक २१५४ विन्दुमा कायम भएको छ।
कारोबार रकममा भने पछिल्लो दिनको तुलनामा बढेको छ। आज ३ अर्ब ५४ करोड रुपैयाँ माथिको कारोबार भएको छ।
मंगलबार बैंकिङ उपसमूह १.०८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै उत्पादन १.३६ प्रतिशत, निर्जीवन बीमा १.५५ प्रतिशतले वृद्धि भएको छ। होटल तथा पर्यटन उपसमूह भने १.४५ प्रतिशत, विकास बैंक उपसमूह ०.८८ प्रतिशतले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।