काठमाडौं- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ‘ए’ लाई १६८ रनको लक्ष्य दिएको छ। लोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
कमजोर सुरुवात गरेको नेपालको इनिङ्स कप्तान रोहित र गुल्सनसँगै सोमपाल कामीले सम्हालेका थिए। रोहितले सर्वाधिक ६५ रन बनाउदा गुल्सनले ३८ रन योगदान गरे। १० ओभरत्रिभै ५ विकेट गुमाउँदा जम्मा ३७ रन मात्र बनाएको अवस्थामा कप्तान रोहितले दुई अर्धशतकीय साझेदारी गरे।
रोहित र सोमपाल कामीले छैटौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए। अघिल्लो खेलमा पाकिस्तानए विरुद्ध अर्धशतक बनाएका सोमपालले १४ रन बनाएर आउट भए।
त्यसपछि रोहित र गुल्सनले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे। तर रोहित र गुल्सन लगातार आउट भएपछि नेपालको रन गतिमा ब्रेक लाग्यो। दुवैलाई भारत ए का निशान्त सिन्धुले आउट गरे।
कप्तान रोहितले ८५ बलमा ७ चौका प्रहार गर्दै ६५ रन बनाए र ३३औं ओभरमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।