काठमाडौं- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले एक सय रन पूरा गरेको छ। नेपालले एक सय रन पूरा गर्न २५ ओभर खेल्नु परेको छ।
नेपालले ६ विकेट गुमाएको छ। हाल क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा छन्। पौडेलले ४४ रन बनाएका छन्। गुल्सन सोमपाल कामी आउट भएपछि क्रिजमा आएका हुन्।
नेपालको ओपनिङ राम्रो हुन नसक्दा लगातार विकेट गुमाएको थियो। पहिलो पावर प्लेको १० ओभरमा नेपालले पाँच विकेट गुमाएको थियो। खराब अवस्थामा आएका कप्तान पौडेल र कामीले केही उकास्ने प्रयास गरेका थिए।
नेपालका लागि ओपनिङ आएका कुशल भुर्तेल शून्य रनमा आउट भए। त्यस्तै कुशल मल्ल, भीम सार्की र आशिफ शेखले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनिङमा मौका पाएका देव खनालले राम्रो प्रदर्शन गर्न सकेनन्। खनाललाई मौका दिन नेपालले विकेटकिपर अर्जुन साउदलाई विश्राम दिएको थियो। युवा ब्याटर खनालले मौकाको सदुपयोग गर्न सकेनन्।
किशोर महतोलाई उनको स्थानमा मौका दिइएको छ। किशोरबाट नेपाल डेथ ओभरमा उत्कृष्ट प्रदर्शन चाहन्छ। कप्तान रोहितले अन्य परिवर्तन भने गरेको छैनन्। नेपालले अहिले २७ ओभरको खेल चलिरहँदा ११२ रन बनाएको छ। कप्तान पौडेल अर्ध शतक नजिक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।