काठमाडौं- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको नेपालले खराब सुरुवात गरेको छ। नेपालका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल शून्य रनमा आउट भएका छन्।
डे-नाइट खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा सुरु भएको छ। समूह बीमा रहेको नेपाल पहिलो खेलमा कमजोर ब्याटिङ गर्दा पाकिस्तान एसँग ४ विकेटले पराजित भएको थियो। भारत एले पहिलो खेलमा यूएई एलाई पराजित गरेको छ।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको सिनियर टोलीले नै इमर्जिङ कप खेले पनि एसिया कपअघि यसलाई तयारीको रुपमा हेरेको छ।
दुई परिर्वतन, खनाललाई ओपनिङमा मौका
नेपालले भारत ए विरुद्ध टस जितेर टोलीमा दुई परिवर्तन गरेको छ। नेपालले पाकिस्तानसँगको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ। तीव्र गतिका बलर किशोर महतो र देव खनाललाई आजको खेलमा मैदान उतारेको छ। नेपालले पाकिस्तानसँगको खेलबाट अर्जुन साउद र प्रतिश जिसीलाई बेन्चमा राखेको छ ।
नेपालले विकेटकिपर अर्जुन साउदलाई विश्राम दिएको छ। युवा ब्याटर देव खनाललाई मौका दिएको छ। देवले तेस्रो नम्बरमा ब्याटिङ गराउनेछ। नेपालबाट १० ओडीआई खेलमा २ अर्धशतक प्रहार गरेका देवले गत वर्ष भदौमा केन्या भ्रमणपछि पहिलो पटक मौका पाएका हुन्। देव ठूलो सम्भावना बोकेका युवा ब्याटर हुन्। यस खेलमा राम्रो गर्न सके उनले नियमित रुपमा मौका पाउन सक्छन्।
उता नेपालले प्रतिश जिसीलाई विश्राम दिएको छ। किशोर महतोलाई उनको स्थानमा मौका दिएको छ। किशोरबाट नेपाल डेथ ओभरमा उत्कृष्ट प्रदर्शन चाहन्छ। कप्तान रोहितले अन्य परिवर्तन भने गरेको छैनन्।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, ललित राजवंशी र किशोर महतो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।