काठमाडौ– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तानलाई १८० रनको सामान्य लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रन बनायो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए। सोमपाल कामी बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। कामी १०१ बल खेल्दै ७५ रन बनाएर आउट भए।
नेपालका ओपनर कुशल भुर्तेल ६ बल खेलेर मात्र १ रन जोडेर आउट भए। अर्का ओपनर आसिफ शेख १३ रन बनाएर पेभेलियन फर्किए।
अर्जुन साउद १७ तथा कप्तान रोहित पौडेल ४ रनमा आउट भए। भीम सार्की एउटा पनि रन जोड्न नसकी आउट भए।
कुशल मल्ल १७, पवन सर्राफ १ तथा गुलसन झाले १३ रन बनाए। प्रतिस जीसीले २६ रन बनाए भने ललित राजबंशीले १ रन बनाए।
नेपालविरुद्ध पाकिस्तानका शहनवाज दहानी एक्लैले ५ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। यस्तै, मोहम्मद वासिमले ४ विकेट लिँदा मुबासिर खानले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।