काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन्। नेपालका बलिङ अलराउण्डर कामीले ७७ बलमा ५३ रन बनाएका हुन्।
नेपालले खराब सुरुवात गरेको खेलमा सोमपालले केही आसा जगाएका छन्। ३३ ओभर खेलिरहँदा नेपालले ९ विकेट गुमाएर १६३ रन बनाएको छ। पाकिस्तानी बलरसामू नेपाली ब्याटर खुलेर खेल्न नसक्दा सस्तैमा विकेट गुमाएको थियो। नेपालले १० ओभरमै ६ विकेट गुमाएको थियो।
पावर प्लेमा नै कमजोर देखिएको नेपालको इनिङ उकास्ने क्रममा तल्लो क्रममा क्रिजमा आएमा प्रत्युष जिसीले कामीलाई साथ दिएका थिए।
पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर र शाहबाज दाहानीको गतिसामू निरिह बन्दा एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले खुलेर खेल्न सकेको छैन।
कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सामान्य लक्ष्य दिने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।