काठमाडौं– एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत आज (शुक्रबार) नेपालले पाकिस्तान ए को सामना गर्दैछ। समूह ‘बी’को खेल नेपाली समयानुसार शुक्रबार बिहान १०:१५ बजेदेखि श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा सुरु हुनेछ।
पाकिस्तानको ए टोली रहेपनि केही चर्चित अनुहार टोलीमा रहेका छन्। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ।
नेपालको टोली भने राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ। शुक्रबार नै भारत र संयुक्त अरब ईमिरेट्सबीच प्रतिस्पर्धा हुँदैछ।
समूह ‘बी’मा रहेको नेपालले आफ्नो दोस्रो खेल भारतसँग साउन १ गते खेल्नेछ ।
समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब ईमिरेट्स (यूएई) छन्। यस्तै, समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन्।
प्रतियोगितामा हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलका लागि छानिनेछन्। सेमिफाइनल खेल २१ जुलाइमा हुनेछ।
सेमिफाइनलका २ विजेता उपाधिका लागि भिड्ने छन्। फाइनल खेल २३ जुलाइमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।