काठमाडौं- आफूले काम गरेको पैसा नपाएछि निर्माण व्यवसायी आन्दोलित भएका छन्। व्यवसायीहरू शुक्रबार बिहान माइतीघर मण्डलामा धर्ना बस्ने भएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक महासचिव शिवहरी घिमिरेले बिहीबार एक विज्ञप्ति निकाल्दै उक्त कुरा बताएका छन्।
असार मसान्त भइसक्दा पनि निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेको र म्याद थप सम्बन्धि गरेको निर्णयको विरोध स्वरूप धर्ना बस्ने विज्ञप्तिमा उल्लेख छ।
‘मिति २०८०/०३/२९ गते शुक्रबारका दिन बिहान ९:०० बजे नेपाल निर्माण व्यवसायी महासंघले माइतीघर मण्डलामा दिने धर्ना कार्यक्रममा अनिवार्य उपस्थिति हुन अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा महासंघका मानार्थ सदस्यहरू, कार्यसमितिका सल्लाहकारहरू, पदाधिकारीहरू, सदस्यहरू, आमन्त्रित सदस्यहरू, एशोसिएट सदस्यहरू र बागमती प्रदेश महासंघ तथा उपत्यका भित्रका जिल्ला संघहरू काठमाडौं, ललितपुर, भक्तपुर अन्तर्गतका सदस्यहरू लगायत काठमाडौंमा रहेका सम्पूर्ण निर्माण व्यवसायी सदस्यहरूको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।