काठमाडौं– एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेट आज (बिहीबार)देखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ का २ खेल हुँदैछ। पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ। खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ।
यस्तै, दोस्रो खेलमा ओमान ए र अफगानिस्तान ए भिड्दैछन्। ओमान र अफगानिस्तानको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ।
दुवै खेल नेपाली समयानुसार बिहान १० बजेदेखि सुरु हुनेछन्।
समूह ‘बी’मा रहेको नेपालले प्रतियोगिताको दोस्रो दिन पाकिस्तान ए सँग आफ्नो पहिलो खेल्नेछ। समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब ईमिरेट्स (यूएई) छन्। यस्तै, समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।