काठमाडौं- नेपालले एक सातापछि श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने टिम घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनाल खनालले पुनरागमन गरेका छन्।
सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी ग्लोबल टि–२० खेल्न क्यानडा जाने भएकाले बाहिरिएका छन्। करण केसी र ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ।
प्रतियोगिता १३ जुलाइदेखि २३ सम्म श्रीलंकामा हुनेछ। नेपाल समूह बी मा छ। नेपाल, यूएई, पाकिस्तान ए र भारत ए समूह ए मा छन्
नेपालले पहिलो खेल १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ।
यस्तो छ नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउँद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।