काठमाडौं– भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकको रुपमा रहेको कान्ति लोकपथको अवलोकन गरेका छन्।
हेटौँडको बुद्धचोकदेखि ललितपुरको टिकाभैरवसम्म करिब ७९ कि.मि लम्बाई रहेको यो सडक निर्माणधीन अवस्थामा छ।
कूल ३ अर्ब ७८ करोड लागत अनुमान गरिएको यो सडक खण्डको २ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको छ। काठमाडौंबाट तराई जोडने छोटो बाटोको रुपमा रहेको यो सडक खण्डको केही भू-भागहरुमा कडा चट्टान रहेको कारणले ५ किमि सडक विस्तारको काम बाँकी छ।
सडक अवलोकनमा मन्त्री ज्वालासहित मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा कान्ति लोकपथ राजमार्गका आयोजना प्रमुख शुरेश न्यौपाने सहभागी थिए। २०१३ सालमा ट्र्याक खोलिएको यो सडकलाई नारायणगढ–मुग्लिन सडकको विकल्पको रुपमा प्रयोग गरी २४ घन्टा सञ्चालन गर्न आवश्यक बजेट व्यस्थापन गरेर काम अगाडि बढाइनेसमेत मन्त्री ज्वालाले सो अवसरमा बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।