काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि भारतले यश धुलको नेतृत्वमा टिम पठाएको छ। गत वर्ष यु-१९ को उपाधि जिताएका उनी दिल्ली क्यापिटल्सबाट खेल्छन्।
आगामी जुलाई १४ देखि २३ सम्म श्रीलंकामा हुने खेलका लागि भारतबाट उपकप्तान पञ्जार र सनराइ हैदरावादबाट आईपीएल खेलिसकेका अलराउन्डर अभिशेक शर्मा रहेका छन्।
खेलमा भारतबाट टिम ए पठाइएको हो। यसैगरी अफगानस्थान, बंगलादेश, श्रीलंका र पाकिस्तानले पनि टिम ए पठाउनेछन्। नेपाल, ओमान र युएईले राष्ट्रिय टिम नै पठाउने सम्भावना रहेको छ।
भारतले पठाएका खेलाडीमा १५ जना २३ वर्ष मुनिका छन्। यसैगरी रियान पराग, प्रभसिम्रन सिंह, ध्रुव जुरेल, साइ सुदर्शन जस्ता आईपीएलमा समेत राम्रो प्रदर्शन गरिसकेका खेलाडीहरु टिममा परेका छन्। भारत, पाकिस्तान र नेपाल एउटै समूहमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।