काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि भइरहेको खेलमा नेपालले बलिङतर्फ राम्रो सुरुवात गरेको छ।
नेपालका लागि करण केसी र किशोर महतोले एक-एक विकेट लिएका छन्। नेपालले आयरल्यान्डलाई दिएको २६९ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर एन्डी म्याकब्रिनेलाई करण केसीले क्याचआउट गराए भने तेस्रो नम्बरमा आएका एन्डी बलब्रिनेलाई किशोर महतोले दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराएका हुन्।
यतिबेला आयरल्यान्डले ७.२ ओभरमा जम्मा ३० रन जोड्दै दुई विकेट गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।