काठमाडौं- नेपालले आईसीसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डविरुद्ध जारी खेलमा तीव्र गतिका बलर किशोर महतोलाई अवसर दिएको छ।
सोमपाल कामी घाइते भएपछि उनको ठाउँमा महतोलाई ल्याइएको हो। टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि अघिल्लो खेलमा समेटिएका प्रतिश जिसीलाई बेञ्चमा राखिएको छ।
नियमित खेलमा मौका नपाएका ज्ञानेन्द्र मल्ल प्लेअफको दोस्रो खेलमा पनि समेटिएका छन्। यसैगरी आसिफ शेखको ठाउँमा विकेटकिपर अर्जुन साउद दोहोरिएका छन्।
नेपालले टि २० आयरल्यान्डसँग तीन खेल खेलेको छ। तीनै खेलमा नेपाल पराजित भएको छ। नेपाल जस्तै आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बीबाट बाहिरिएको थियो।
नेपालको प्लेइङ ११:
अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, किशोर महतो र सन्दीप लामिछाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।