काठमाडौं- नेपालले एसीसी यु- १६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा घरेलु टोली मलेसियालाई २२१ रनको विशाल अन्तरले हराउँदै नेपालले ट्रफी उचालेको हो। इस्ट जोन कप प्रतियोगितामा लगातार तीन पल्ट उपाधि जित्दै ह्याट्रिक जित नेपालले दर्ता गराएको छ।
मलेसिया १४.५ ओभरमा ३१ रन बनाउँदै अल आउट भयो। मलेसियाका लागि मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।
नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ५ विकेट लिए। सन्तोष यादवले ३ विकेट, अशोक धामी र सागर गैरेले समान एक/एक विकेट लिए।
यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो।
नेपालका लागि नरेन भट्टले शतक प्रहार गरेका छन्। उनले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाए। बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।
नेपालका ओपनर सूर्यांशु कोइरालाले १८ रन बनाए। यसैगरी सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरे। अन्य ब्याटरले भने दोहोरो अंक जोडेनन्।
मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए। केहीबेरमा मलेसियाले जवाफी ब्याटिङ गर्नेछ। समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।