काठमाडौं– नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २५३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो।
नेपालका लागि नरेन भट्टले शतक प्रहार गरेका छन्। उनले २ छक्का र १० चौकाको मद्दतले ८९ बलमा अविजित ११२ रन बनाए। बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि नेपालका ओपनर निरज यादवले ४९ बलमा ६ चौकासहित ४७ रन बनाए।
नेपालका ओपनर सुर्यांशु कोइरालाले १८ रन बनाए। यसैगरी सन्तोष यादवले २६ र अशोक धामीले ११ रनको योगदान गरे। अन्य ब्याटरले भने दोहोरो अंक जोडेनन्।
मलेसियाका लागि मुहम्मद अक्रमले सवैभन्दा बढी ३ विकेट लिए। केहीबेरमा मलेशियाले जवाफी ब्याटिङ गर्नेछ। समूह चरणको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।