काठमाडौं– जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटको सातौं स्थानका लागि आज (मंगलबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र आयरल्यान्डबीचको खेल जिम्बावेको हरारेमा रहेको टाकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा हुनेछ। खेल नेपाली समयानुसार १२:४५ बजेदेखि सुरु हुनेछ।
नेपालले आयरल्यान्डसँग पहिलोपटक ओडीआई खेल्न लागेको हो। र, टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको तेस्रो ओडीआई खेल पनि हो।
नेपालले यसअघि आइतबार यूएईलाई हराउँदै सातौं स्थानका लागि आयरल्यान्डसँगको भेट पक्का गरेको हो।
छनोट प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल ४ खेलमा एउटा जित र ३ खेलमा हार बेहोर्दै नेपाल बाहिरिएको थियो। नेपालले अमेरिकालाई हराएको थियो भने जिम्बावे, वेस्ट इन्डिज र नेदरल्याण्डस्सँग पराजित भएको थियो।
समूह ‘बी’मा रहेको आयरल्यान्ड पनि ४ खेलमध्ये एउटामा जित र ३ खेलमा हार बेहोरेर सुपर सिक्समा पुग्नबाट चुकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।