काठमाडौं– मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल खेलमा नेपालले सोमबार सिंगापुरको सामना गर्दैछ।
नेपालले टस जितेर सिंगापुरविरुद्ध पहिले ब्याटिङ थालेको छ। समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सिंगापुरलाई हराएर फाइनल प्रवेश गर्ने लक्ष्यमा छ।
नेपालले समूह चरणमा थाईल्यान्डलाई २२५ रन र मलेसियालाई ८४ रनले हराएको थियो।
उता सिंगापुरले इन्डोनेसियालाई १०४ र माल्दिभ्सलाई २४५ रनले हराएको थियो। सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएर समूह उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।