काठमाडौं– एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप-२०२३ नेपाल थाईल्यान्डसँग २५५ रनले विजयी भएको छ। मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा८ विकेट गुमाउँदै २६९ रन बनाएको थियो।
जवाफी ब्याटिङका क्रममा थाइल्याण्ड १३.२ ओभरमा अलआउट हुँदै ४४ रनमा समेटियो। थाइल्यान्डको विकेट धराशायी पार्ने क्रममा सन्तोष यादवले ८ रन खर्चेर ५ विकेट, अशोक धामीले ४ रन खर्चेर ३ विकेट र अविनाश तिवारीले २१ रन खर्चेर २ विकेट लिए।
नेपालका ओपनर नीरजकुमार यादवले विष्फोटक ब्याटिङ गरेका थिए। उनले ४३ बलमा ७४ रन बनाए। यसैगरी नरेन भट्टले अविजित ५५ रनको योगदान दिए। सूर्यान्शु कोइरालाले ४० र सन्तोष यादवले ४२ रन बनाएर नेपालको योगफल फराकिलो पारेका थिए।
समूह ‘ए’ मा रहेको नेपालको थाईल्यान्डसँग पहिलो खेल हो। अर्को खेल मलेसियासँग खेल्नेछ। समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।