काठमाडौं– भारतमा हुने आइसीसी एकदिवसीय विश्वकप २०२३ को फाइनल सेड्युल सार्वजनिक भएको छ।
अक्टुबर ५ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोजक भारतले भने पहिलो खेल ८ अक्टुबरमा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।
जम्मा १० टिमले भाग लिने उक्त प्रतियोगिताका आठ टिम यसअघि नै तय भइसकेका छन् भने दुई टिमका लागि जिम्बाबे छनोट प्रतियोगिता जारी छ। छनोट प्रतियोगिताबाट विश्वकपमा २ टिम पुग्नेछन्। नेपाल भने समूह छनोट प्रतियोगिताको चरणबाटै बाहिरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।