काठमाडौं– जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई १६८ रनको सामान्य लक्ष्य दिएको छ।
ब्याटिङमा खराब सुरुवात गरेको नेपालले ४४.३ ओभरमै सबै विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो। जारी प्रतियोगितामा समूह चरणको नेपालको यो अन्तिम खेल हो।
यो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएमा नेपाल सुपरसिक्समा पुग्न सक्ने छैन। नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रनको योगदान र सन्दीप लामिछानेले ३३ बलमा २७, ओपनर कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले खासै रन जोड्न सकेनन्।
नेपालका ओपनर आसिफ शेख शून्य रनमै आउट भएका थिए। भीम सार्कीले ५६ बलमा २२, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए।
उता नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए। क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।